Logo

सामाखुसी खोला छोपेर बनेका दुईवटा घरसहित दर्जनौ अवैध संरचनामा डोजर चल्ने



काठमाडौं, जेठ ३ । काठमाडौं महानगरपालिकाले सामाखुसी खोला छोपेर बनाएको दुई वटा घर सहित दर्जनौ टहरा सहित अवैध संरचना हटाउने भएको छ । कामपा शहरी व्यवस्थापन बिभागका विभागीय प्रमुख सुरज शाक्यको संयोजकत्वको समितिले तयार गरेको प्रतिवेदनको आधारमा ती संरचना हटाउन लागिएको हो । कामपाले हेभी इक्युपमेन्टको खोजी गरिरहेको र एकदुईदिनबाट संरचनामा डोजर चलाउन शुरुगर्ने कामपाको भनाई छ ।

कामपा शहरी व्यवस्थापन विभाग प्रमुख शाक्यले सामाखुसी खोलाको स्थलगत निरीक्षण गरी तयार भएको प्रतिवेदनको आधारमा खोला छोपेर निर्माण गरिएको संरचना हटाउने तयारी भएको बताए। सो खोलाले कामपाको ३, १६ र २६ वडाको केहीक्षेत्र ओगटेको छ । त्यसमध्ये पहिलो चरणमा सबैभन्दा बढी क्षेत्रफल ओगटेको वडा नं ३ को करिब ३ किलोमिटर खोलाको भाग खाली गर्न लागेको हो ।

कामपाले गतवर्ष फागुन १५ गते सामाखुसी खोला वरपर क्षेत्रमा निर्मित अनधिकृत संरचना हटाउन समिति गठन भएको थियो । समितिले सोही महिनाको २६ गते तिलिङगाटार प्रहरी बिटदेखि चिरायु अस्पताल चक्रपथसम्मको स्थलगत निरीक्षणगरी गतवर्ष चैत २२ गते प्रमुख प्रशासकीय अधिकृतलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा खोलाखुला गर्न लागिएको हो । प्रतिवेदन तयार गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण, नगर प्रहरी बल, सार्वजनिक निर्माण विभागको इन्जिनियर र वडा नं ३ को इन्जिनियर जनप्रतिनिधि सहित १३ सदस्यीय समिति बनेको थियो ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले एकदुईदिनभित्र खोलामाथि राखिएको स्ल्याभ खुला गर्ने जानकारी दिए । उनका अनुसार २०६६ साल अघिको मापदण्ड अनुसार दायाँ बायाँ १ मिटर छाड्नुपर्ने व्यवस्था थियो । त्यसपछि ४–४ मिटर छाड्नुपर्ने मापदण्ड बनेको छ , सोही आधारमा खोलाको भाग खुलागर्न लागेका हौ ।

कामपा प्रहरी बलका प्रमुख पाण्डेले सो क्षेत्रमा खोलामाथि बनेका र मापदण्ड मिचिएका दर्जनौ संरचना हटाउने तयारी भैरहेको बताए। सो क्षेत्रमा मोटरसाईकल वर्कसप, विभिन्न सामाजिक संघ संस्थाको भवन, टेलर, खाजाघर लगायतका संरचना रहेका छन् । कामपाले वर्षौदेखि ती संरचना हटाउने प्रयास गरेको थियो । मेयर वालेन्द्र साहले काठमाडौ खोला खुला गर्ने अभियान शुरु गरेपछि यस्ले तिब्रता पाएको आजको नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot