Logo

बालुवाटारमा गठबन्धनको बैठक जारी



काठमाडौं, जेठ ३। सरकारमा सहभागी १० दलको बैठक बालुवाटारमा जारी रहेको छ। प्रधानमन्त्री निवासमा बिहान १० बजेदेखि बैठक बसिरहेको हो।

आजको बैठकमा सरकारले संसद्मा आगामी शुक्रबार ल्याउने यस वर्षको नीति तथा कार्यक्रम र आगामी आर्थीक वर्षको बजेट लगायतका विषयमा छलफल हुने बताइएको छ ।

मंगलबार दिउँसो पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार समर्थित दश दलको बैठक राखेका थिए। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सत्ता गठबन्धनको बैठक छाडेर बाहिर निस्किएकी छन्। श्रेष्ठ केहीबेरअघि बैठक चलिरहेकै बेला बाहिर निस्किएको बालुवाटार स्रोतले जनाएको छ।

टीकापुर घटनाका आरोपी रेशम चौधरीसहित सातजनाविरुद्ध कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला मंगलबार सर्वोच्च अदालतबाट पनि सदर भएको थियो। सोही कारणले गर्दा रञ्जिता बैठकबाट बाहिरिएको हुनसक्ने अनुमान गरिएको छ।

 



प्रतिक्रिया दिनुहोस्