Logo

नागरिकता सच्याएर सामाजिक सुरक्षा भत्ता



बाजुरा, जेठ ४। सामाजिक सुरक्षा भत्ता समयमा नपाउनु, सम्बन्धित व्यक्तिको हातमा नपर्नु र बितिसकेपछि पनि लगत कट्टा नगर्नु बाजुराका लागि नयाँ कुरा भने हैन । पछिल्लो समयमा वृद्धभत्ता बुुझ्नकै लागि नागरिकतामा मनोमानी उमेर घटाएको पनि पाइएको छ ।

बाजुराको गौमूल गाउँपालिका–५ की एक महिलाले नगारिकतामा उमेर घटाएर विगत लामो समयदेखि सामजिक सुरक्षा भत्ता लिँदै आएको खुलेको हो । उमेर घटाएर सामाजिक सुरक्षा भत्ता लिनेमा नागरिकता नं १६१० की धौली बुढा हुन् । उनको नागरिकतामा जन्ममिति २०१४ साल लेखिएको छ । तर गाउँपालिकाको पञ्जीकरणमा उमेर सच्याएर २००४ साल १ महिना १ गते जन्म भएको उल्लेख छ ।

सोही नागरिकता नम्बरको फोटोसहितको मतदाता नामावलीमा पनि २००४ साल १ महिना १ गतेको जन्ममिति राखेका छन् । उनको नागरिकतामा पति धौले बुढा छन् भने मतदाता नामावलीमा जित बुढा पति कायम गरिएको छ । जित बुढा सोही गाउँपालिकाको पाँच नं वडा कार्यालयमा कार्यालय सहयोगीमा काम गर्दै आएका छन् । उनी धनी बुढाका छोरा भएको स्थानीयले बताएका छन् ।

२०७५ सालअघि नै उनले नागरिकता सच्याएर वृद्ध भत्ता प्रयोग गर्दै आएका थिए । उमेर नपुुगी सामाजिक सुरक्षा लिएको भन्ने विरोध भएपछि जिल्ला प्रशासन कार्यालय बाजुरामा उजुरीसमेत परेको छ । उजुरी परेपछि पनि उनको खातामा रकम आइरहेको छ । अघिल्लो भत्ता निकालिसकेको र पछिल्लो भत्ता पनि खातामा जम्मा भएको स्रोतले बताएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्