काठमाडौं, जेठ ४। नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा राजधानीमा आज विरोध प्रदर्शन गर्ने भएको छ ।
पार्टीका उपमहाचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज दिउँसो ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्न लागिएको हो ।
पार्टीले बुधबार एकीस्कृत समाजवादीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।