Logo

नागरिक उन्मुक्तिले बोलायो पदाधिकारी बैठक



काठमाडौं, जेठ ४। नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी बैठक बोलाएको छ । आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न आज दिउँसो १ बजे बैठक बोलाईएको हो । बैठकमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरू सहभागी हुँदैछन् ।

टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाउने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्तिले आन्दोलनको घोषणा गरेको छ । उसले यहि जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्