काठमाडौं, ४ जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन आफ्नै देशका जनता बेचेर खान ठूला दलको सर्वदलीय सहमति भएको दाबी गरेका छन्।
काठमाडौंमा राप्रपाले बिहीवार आयोजना गरेको नक्कली भूटानी शरणार्थी भ्रष्टाचार प्रकरणको बिरोध सभामा बोल्दै अध्यक्ष लिङदेनले आफ्नै देशका जनता बेचेर खान ठूला दलको सर्वदलीय सहमति भएको दाबी गरेका हुन्।
उनले भने, ‘पुल कमसल बनाएर खाने मात्रै नभएर आफ्नै जनता बेचेर खान पनि नेपालका ठूला दलको सर्वदलीय सहमति देखिएको छ। योभन्दा निकृष्ट भ्रष्टाचार के हुनसक्छ। भ्रष्टाचारको पनि तल्लो तहको भ्रष्टाचार यो भन्दा अरु के हुनसक्छ। आफ्नो जनता बेचेर खाने कस्तो कल्पना होला? यो जस्तो लजास्पद र दुःखदायी कुरा अरु केही पनि हुन सक्दैन।’