Logo

सांसद्को प्रश्नमा प्रधानमन्त्रीले झुट बोले



काठमाडौं, जेठ ५ । कैलालीको टीकापुर घटनाको विषयलाई लिएर संसद्मा उठेको सांसदको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत जवाफ दिएका छन् । २०७३ मा आफैं प्रधानमन्त्री भएको बेलामा सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लालले टीकापुर घटनाको छानबिन गरेर प्रतिवेदन तयार पारेको थियो ।

सो प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन । सो प्रतिवेदनको विषय लिएर बिहीबार सांसदसँग प्रधानमन्त्रीको सवाल जवाफमा प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतले सार्वजनिक नगर्नू भनेकाले रोकिएको बताएका थिए । २०७६ असोज ३० गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले तीन महिनाभित्र लाल आयोग सार्वजनिक गर्न परमादेश जारी गरेको थियो । तर, चार वर्ष बित्दा पनि सार्वजनिक हुन सकेको छैन ।

सांसदसँग प्रधानमन्त्रीको जवाफमा बिहीबार रास्वपाका सांसद शिशिर खनालले लाल आयोग गुपचुप रोखकोबारे प्रश्न गरेका थिए । दाहाल आफैं प्रधानमन्त्री हुँदा २०७३ सालमा लाल आयोग गठन गरेको तर हालसम्म त्यो रिर्पोट किन सार्वजनिक हुन सकेन भन्दै सांसद खनालले प्रश्न गरेका थिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्