Logo

सुपमा माओवादीले टुंग्यायो मन्त्री, आजै शपथको तयारी



काठमाडौं, जेठ ५ । नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ । संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुग्एिको जानकारी दिए।

उनकाअनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुुंग्याइएको हो। धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने भट्टले जानकारी दिए। शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्