Logo

संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी



काठमाडौं, जेठ ५ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। संसद सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बसिरहेको हो ।

आज अपरान्ह बस्ने प्रतिनिधि सभाको बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।

शुक्रबार अपरान्ह चार बजे बस्ने गरी बोलाइएको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्नेछन्।



प्रतिक्रिया दिनुहोस्