Logo

नीति तथा कार्यक्रमबारे एमाले नेता भट्टराईको टिप्पणी : भएभरका सबै कुरा छन् तर केही पनि छैन



काठमाडौं, ५ जेठ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सरकारले शुक्रबार ल्याएको सरकारको नीति तथा कार्यक्रम बारे भएभरका सबै कुरा भएको तर केही पनि नभएको टिप्पणी गरेका छन्।

नीति तथा कार्यक्रम प्रस्तुतपछि संसद्‍बाट बाहिरिँदै सचिव भट्टराईले उक्त टिप्पणी गरेका हुन्।

उनले भने, ‘भएभरका सबै कुरा छन् तर केही पनि छैन। त्यसैले यसले आज हामीले भोगिरहेका आर्थिक, सामाजिक र व्यवस्थामाथिकै चुनौती छन्। त्यसलाई ठोस कार्ययोजना छैन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot