Logo

उपकुलपति सिंहद्वारा जलजला बहुमुखी क्याम्पसको अनुगमन तथा नवनिर्मित भवनको उद्घाटन (फोटोफिचर)



रोल्पा, जेठ ६ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह तथा पदाधिकारीहरु सम्मिलित संयुक्त टोलीले जलजला बहुमुखी क्याम्पसको भ्रमण अनुगमन तथा अन्तरक्रिया गरेको छ । उक्त अवसरका उपकुलपति सिंहले क्याम्पसमा नवनिर्मित भवनको शिलालेख अनावरण गरी समुद्घाटन समेत गरेका छन् । कार्यक्रमको क्याम्पसका क्याम्पस प्रमुख खिम बहादुर खड्का छेत्री विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायण प्रसाद पौडेल र रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्ति उपस्थित रहेको थियो।

त्यसैगरी ग्र्याजुएट स्कुल अफ एग्रिकल्चर एण्ड फरेस्ट्रीका डीन प्रा डा विमल कुमार लाल कर्ण, ग्र्याजुएट स्कुल अफ हुम्यानिटिज एण्ड सोसल साइन्सेजका डीन सह-प्रा डा लिलाधर तिवारी, ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सह(प्रा डा सुदीप ठकुरी, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक प्रा. डा. चन्द्र प्रसाद रिजाल, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक सह-प्रा बीरबहादुर पौडेल, प्राचार्य उप-प्रा जसबिर रोका, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य, कर्मचारी, रोल्पा नगरपालिका वडा नं २ का अध्यक्ष प्रकाश डाँगी, रोल्पा उद्योग वाणिज्य संघका प्रतिनिधि, गैसस महासंघका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि, क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पत्रकार, बुद्दिजिवी लगायतको उपस्थिति रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा उपकुलपति प्रा डा सिंहले प्राध्यापक, कर्मचारी तथा विद्यार्थीले राखेका गुनासा तथा समस्याहरुको सम्बोधन गरेका छन्।  अन्तरक्रिया कार्यक्रम पश्चात उपकुलपति सम्मिलित पदाधिकारी तथा कर्मचारी टोलीले क्याम्पसको भवन, लाइब्रेरी, शौचालय लगायत समग्र क्याम्पसको अवस्था बारे अनुगमन गरेका थिए । अनुगमनको क्रममा देखिएका कमी(कमजोरी तथा सुधार गर्नुपर्ने पक्षहरुमा क्याम्पस प्रशासनले तत्काल आवश्यक कदम चाल्न उनले निर्देशन दिए ।

विश्वविद्यालयको नियमित कार्यक्रमको रुपमा सम्पूर्ण आंगिक क्याम्पसको अनुगमन भ्रमण गर्ने योजना अनुरुप यस पटक भेरी बहुमुखी क्याम्पस, गुमीः भेरी ज्ञानोद्दय बहुमुखी क्याम्पस, जाजरकोट, मुसिकोट खलंगा बहुमुखी क्याम्पस, रुकुम र जलजला बहुमुखी क्याम्पस, रोल्पाको अनुगमन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । यस भ्रमण पश्चात प्राप्त सुझाव एवं तथ्यगत अवलोकनको आधारमा सम्बन्धित क्याम्पसहरुमा गर्नुपर्ने आवश्यक सुधार एवं बिबिध शैक्षिक गतिविधिहरु संचालन गरिनेछ साथै क्याम्पस तहका भावी विकास निर्माणका योजना समेत तर्जुमा गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्