Logo

१ लाख बिरुवा रोप्ने काठमाडौं महानगरपालिकाको अभियान



काठमाडौं, जेठ ७ । काठमाडौं महानगरपालिकाले शंखधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ । सहरी हरियालीका लागि १ लाखवटा बिरुवा रोप्ने अभियानअन्तर्गत शनिबार पार्कमा १ सय १५ वटा बिरुवाहरू रोपिएका हुन् । जसमा कपुर, धुपी र समीका बिरुवा छन् । अभियानको थालनी गर्दै यसअघि काटेश्वर जडीबुटी सडक खण्डमा १ सय २० वटा कपुरका बिरुवा रोपिएका थिए ।

शहरी हरियालीका लागि १ लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियानमा रहेको काठमाडौंका मेयर बालेन्द्र साहले शहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वनस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको बताए। उनले भने ‘चराचुरुङ्गी तथा अन्य जीवजनावरलाई खाना र बास उपलब्ध गराउने सक्ने क्षमता भएका स्थानीय जातका बोट बिरुवालाई जोगाउने योजनाअनुरूप रैथाने (इडेमिक) र प्राकृतिक रूपमा उम्रने (इन्डिजेनियस) बोट बिरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।’

सन् १८०२ मा वैज्ञानिक बुचानन हामील्टनले एक वर्षसम्म काठमाडौंको नारायणहिटी र स्वयम्भूमा बोट बिरुवाको अध्ययन गरेका थिए । सोही आधारमा काठमाडौंमा ११ प्रजातिका बिरुवा रोप्ने सिफारिस गरिएको थियो । अहिले पनि सोही सिफारिसका आधारमा वृक्षरोपण गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot