Logo

एमालेद्वारा नीति तथा कार्यक्रम अस्वीकार



काठमाडौं, जेठ ७ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठकले संघीय सदनमा सरकारले पेस गरेको नीति तथा कार्यक्रम संविधानको स्पिरिट अनुसार नभएको निष्कर्ष निकाल्दै अस्वीकार गर्ने उदघोषण गरेको छ ।

प्रमुख प्रतिपक्षी दलसमेत रहेको एमालेले सरकारको नीति तथा कार्यक्रम पारित हुन नदिने निर्णय समेत गरेको छ ।

शनिबार नयाँ बानेश्वरस्थित संघिय सधनको भवनमा बसेको एमाले संसदिय दलको बैठकमा पार्टी अध्यक्ष एवं दलका नेता केपी शर्मा आलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसद्बाट पारित हुन नदिने चेतावनी दिए ।

संविधानको स्पिरिट अनुसार सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकोले त्यसलाई स्वीकार गर्न वा समर्थन गर्न नसकिने अडान राख्दै अध्यक्ष आलीले त्यसको प्रतिवाद गर्न संसद्लाई निर्देशन समेत दिए । आजको राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्