विपिन देव
काठमाडौं, जेठ ८ । जी–सेभेन प्रजातान्त्रिक कित्तामा रहेका अब्वल राष्ट्रहरूको छाता संगठन हो । अमेरिका, केवेडा, वेलायत, इटाली, फ्रान्स, जर्मनी र जापान यसका सदस्यहरू हुन् । जी–सेभेनको शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व वैंक, विश्व व्यापार संघ लगायत अन्य वित्तीय संघ संघठनहरूको सहभागीता रहेको छ ।
परिवेक्षकको रूपमा भारत, दक्षिण कोरीया, ब्राजिल, इण्डोनेशीया र भियतनाम समेत रहेका छन् । सन् २०२३ मई १९ देखि सुरु हुने शिखर सम्मेलनको अध्यक्षता जापानले गरेको छ । यस पटकको जी–सेभेन शिखर सम्मेलन बढी चर्चामा हुनुको धेरै आयामहरू छन् । शिखर सम्मेलनको आयोजना जापानको हिरोसिमामा भएको छ । हिरोसिमाको नाम सुन्न वित्तिकै प्रत्येक चेतनशिल मानव भाबुक र संवेदनशित हुन वाध्य हुन्छ ।
सन् १९४५ अगस्त ६ का दिन अमेरिकाले हिरोसिमामा न्यूकिलियर बम खसाल्दा ३ लाख ३० हजार मध्ये ८० हजार मान्छेले तत्काल मृत्यवरण गरेका थिए भने अपाङ्ग र पीडितको वेदनाको क्रन्दनको साक्षी हालसम्म हिरोशिमा शहर रहेको छ । दोस्रो कारण हिरोशिमा जापानी प्रधानमन्त्री किसिन्दाको निवाचन क्षेत्र समेत रहेको छ ।
यसपटक जी–सेभेनको बैठक महत्वपूर्ण हुनुको कारण रसिया–युक्रेन युद्ध, चीनको दक्षिण र पूर्वीय चीन सागरमा दवदवा, युक्रेनको राष्ट्रपति जेलेनसकीको जी सेभेन सम्मेलनमा उपस्थिति र जी सेभेनको साइड लाइनमा कर्वाडको बैठकहरु भएकोले गर्दा जी–सेभेनले व्यापक चर्चा पाएको देखिन्छ ।
जी–सेभेनमा भारत सदस्य न भएता पनि पश्चिमा शक्तिहरूसंगको सघन सम्बन्धले गर्दा भारत सन् २००३ देखि नै जी सेभेनको शिखर सम्मेलनमा सहभागी हुँदै आएको छ । यस पटकको शिखर सम्मेलन भारतलाई बढी महत्व दिनुको कारण जी टेउन्टीमा भारतको अध्यक्षता पनि हो । अर्थात् जी–सेभेनका हरेक सदस्यहरू जी टेउन्टीमा समेत जोडिएको छ ।
आगामी सेप्टेम्बरमा जी टेउन्टीको शिखर सम्मेलनको आयोजक भारत रहेको छ । यस पटको जी सेभेनको प्रमुख मुद्दा अर्थसंग केन्द्रित रहेको छ । रसिया युक्रेन युद्धको राप र तापबाट विश्व अर्थ व्यवस्था शिथिलिकरण तर्फ गर्इरहेको अवस्था छ । अर्को शब्दमा भन्ने हो भने युरोप र अमेरिकाको लागि प्रमुख चूनौती नै वितरण प्रणालीलाई सुदृढ बनाउनु हो । रसिया युक्रेनको युद्धले गर्दा वितरण प्रणाली पूर्ण रूपमा प्रभावित भएको छ ।
जसको नकारात्मक प्रभाव युरोपेली अर्थतन्त्रमा देखिएको छ । जी–सेभेनका राष्ट्र प्रमुखहरूको बैठकमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व वैंकलाई प्रभावकारी र समय सापेक्ष बनाउ‘न पनि विर्मश भएको देखिन्छ । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व वैंक हालसम्म पनि अमेरिका र युरोपको दवदवामा रहेको छ । चीनको आक्रमक आर्थिक नीतिले गर्दा संसारका ४० वटा मुलुकहरू आर्थिक दिवालीयापनको संघारमा रहेको छ ।
यस प्रतिकुल अवस्थामा यी मुलुकहरूलाई दिवालीयापनबाट जोगाउ‘न अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व वैंकको सक्रियताको अपेक्षा जी सेभेनको रहेको छ । जी–सेभेनको शिखर सम्मेलनमा चीनको आक्रमण शैली, चीन रसिया गठबन्धन र मध्य एसिया र पश्चिम एसियाको भू–राजनीति माथि पनि व्यापाक विर्मश भएको छ । बर्तमान परिवेशमा चीनको बढ्दो प्रभाव र आक्रमक्ता प्रति अमेरिका गम्भीर देखिएको छ ।
यसका धेरै उदाहरणहरू पाइन्छ । अमेरिकी सैनिक अफगानीस्तानबाट फिर्ता भए पश्चात अफागनीस्तान तालीवानको इश्लामीक शासनको अधिनमा हुन पुग्यो । । अफगानीस्तानमा राजनीतिक सुन्यताको युग सुरुवाती भयो । अमेरिका र युरोपको अभिरुची पनि कम देखियो । पाकिस्तानको राजनीति र सैन्य सत्तामा पनि चीनको प‘हुच र पकड बलियो भएकोले गर्दा अफागानीस्तानको राजनीतिक व्यवस्थापन सहज हुने चीनको आकलन रहेको छ । तदनुरुप चीनको सामरिक नीति अगाडि बढेको देखिन्छ ।
अर्कोतर्फ पश्चिम एसियामा पनि चीनको प्रभाव बढ्दै गएको छ । साउदी अरेवेभी र इरान विच सम्वन्धलाई सहजीकरण गर्न चीनको कूटनीति परिचालित भएको छ । अर्थात् चीनको बढ्दो प्रभावलाई निस्तेज गर्न वाइडेनले आफ्नो सक्रियता जी सेभेनमा देखाएको छ । चीनको प्रभाव र दवदवालाई निस्तेज गर्न कर्वाडको सक्रियतामा वाइडेनले विषेश ध्यान दिएको छ ।
दक्षीण चीन सागरमा चीनले सैन्य भण्डारण बढाइरहेको छ । स्पाट्रली र पारसेल टापुलाई चीनले आफ्नो कब्जामा लिएको छ । अन्तर्राष्ट्रिय सामुद्रिक कानुनलाई मानमर्दन गर्दै दक्षिण चीन सागरको खनिज पर्दाथ र सम्पदाको दोहन चीनले गरिरहेको छ । पूर्वीय र दक्षिण चीन सागरमा चीनको दवदवालाई रोक्न क्वार्डको छातामुनी अष्ट्रेलीया, अमेरिका, जापान र भारत एक साथ उभिएका छन् ।
हुनत सैनिक सार्मथ्यको हिसावले अमेरिकी जङ्गी अड्डाको प‘हुच हरेक ठाउ‘मा रहेको छ । चीनिया प्रभावलाई चूनौती दिन अमेरिकाले हिन्द महासागरीय क्षेत्रमा क्वार्डलाई सक्रिय बनाएको देखिन्छ । क्वार्डको शिखर सम्मेलन अष्ट्रेलियाको सिड्नीमा पुर्वनिधारित भएता पनि अमेरिकी राष्ट्रपतिको घरेलु कारणले गर्दा अष्ट्रेलीयाको कार्यक्रम जापानमा नै हुने भएको छ । जी सेभेनको साइड लाइनमा हुने क्वार्ड सम्मेलनको सामरिक बहस चीन प्रति लक्षित रहेको छ ।
विगतका दिनमा मोदीको सक्रियताले गर्दा भारतको प्रभाव विश्व कूटनीति र राजनीतिमा अब्वल देखिएको छ । अमेरिका र रसियासंग सन्तुलित नीति साथ अगाडि बढ्नु, खाडी देश लगायत इजरायलसंगको सम्बन्धमा सन्तुलन कायम गर्नु, विगत २० वर्षमा २ विलियन अमेरिकी डलर भन्दा अधिक वित्तीय सहयोग गरेर अफगानीस्तानी जनताको दिल दिमाग जित्न सफल हुनु र श्रीलङ्कालाई आर्थिक दिवालीयापनको संघारबाट जोगाउ‘न सहयोग गर्नु जस्ता परिघटनाले गर्दा भारतको कूटनीतिक सार्मथ्य बढेको देखिन्छ ।
टर्की भारतको कटु आलोचक भएता पनि टर्कीमा भूइचालो जादा “अपरेशन दोस्त”को मिशनको माध्यमबाट सबभन्दा पहिले राहतका साथ आफ्नो उपस्थिति जनाउ‘ने भारत नै थियो । यी कारणहरूले गर्दा मोदीको जी सेभेन र क्वार्डमा प्रमुख भूमिका देखिएको छ । जी–सेभेन र क्वार्ड प्रजातान्त्रिक कित्ताका मुलुकहरू भएकोले गर्दा भारतसंग सहकार्य गर्न सहज भएको देखिन्छ ।