Logo

इन्टरनेटमा बढाउन खोजिएको अनुचित मूल्य रोक्न सांसद पौडेलको माग (भिडिओसहित)



काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेटमा बढाउन खोजिएको अनुचित मूल्य रोक्न माग गरेका छन् । सांसद पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ईन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै रोक्न माग गरेका हुन् ।

आज (सोमबार) को प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यसबारे सरकारको ध्यानाकार्षण गराएका हुन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सेवाको गुणस्तर बढाउनुपर्नेमा अहिले उपभोक्तालाई मारमा पार्नेगरि मूल्य बढाउन खोज्नु न्यायसंगत नभएको पौडेलको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्