Logo

नीति तथा कार्यक्रम टालटुले पाराले आयो : सांसद यादव (भिडिओसहित)



काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम टालटुले पाराले आएको टिप्पणी गरेका छन् । उनले नीति तथा कार्यक्रमलाई कन्फ्युजनहरुको सँगालोको संज्ञा पनि दिए । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै यादवले यस्तो बताएका हुन् ।

उनले भने,‘यो नीति तथा कार्यक्रम हेर्दा मलाई लाग्छ–यो अन्तरविरोधहरुको, कन्फ्युजनहरुको सँगालो हो, यसको उपचार यसरी हुन सक्छ । पोलिसीमा डिपार्चर नगर्ने, भइरहेको कामलाई टालटुल पार्ने अनि नयाँ नेपाल बनाउँछु भनेर गफ दिएर हुन्छ ?’ उनले ग्लोबल अर्थ व्यवस्थामा देखिएको बदलावअनुसार अघि बढने चतु¥याई सरकारमा हुनुपर्ने बताए । सो क्रममा उनले ठूला दलहरु नसच्चिए सकिने पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्