Logo

नक्कली शरणार्थी प्रकरण : को हुन फरार सूचीमा रहेका १६ जना



काठमाडौं, जेठ ९ । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा जोडिएका अन्य १६ जनाको अझै खोजी भइरहेको बताएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा सोमबार रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरीले सो प्रकरणमा जोडिएका अन्य १६ जना फरार सूचीमा रहेको भनेको हो ।

प्रहरीको फरार सूचीमा प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, निरज राई, दीपा हुमागाईं छन् । यस्तै, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता लिम्बू, निरञ्जनकुमार खरेल र सुनिल बुढाथोकी पनि नक्कली शरणार्थी प्रकरणमा जोडिएर फरार रहेको प्रहरीले भनेको छ । यस्तै, वतन नखुलेका गोकुल थापा र रमा थापा पनि प्रहरीको फरार सूचीमा छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्