Logo

नेपालले भारतको विश्वास जित्नुपर्छ : डा. गान्धी पण्डित (भिडिओसहित)



काठमाडौं, ९ जेठ । बरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डितले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमण फलदायी हुनुपर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

गान्धीले नेपाल र भारतबीच ऐतिहासिक, धार्मिक, आर्थिक, भौगोलिक, सामाजिक–सांस्कृतिक र व्यक्ति–व्यक्तिबीच सुमधुर सम्बन्ध रहेको बताए । उनले भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले देशको हितमा कदम चाल्नुपर्ने सुझाव दिए । उनले भ्रमणको क्रममा उग्र राष्ट्रवाद र जनतालाई झुक्याउने कुरा गर्न नहुने पनि सुझाव दिए ।

नेपाल स्वतन्त्र देश भएकोले यसलाई आत्मसात् गर्दै भारतबाट नेपालले सहयोग लिनसक्नुपर्ने उनको भनाई छ । उनले नेपालमा उत्पादित विजुली भारत लगेर बेच्नुपर्ने बताए । उनले नेपालले भारतको विश्वास जित्नसक्नुपर्ने बताए ।

उनले नेपालको भूमि बसैको विरुद्ध प्रयोग नहुने कुराको ग्यारेन्टी नेपालले सबैलाई दिलाएको सुनाउँदै आगामी दिनमा पनि यसबारे ध्यान दिनुपर्ने बताए । उनले भारत ठूलो देश भएपछि नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र भएकोले भारतले हेप्न नपाउने बताए ।



प्रतिक्रिया दिनुहोस्