Logo

माओवादी सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयताविरोधी देखिएको छ : सिके राउत (भिडिओसहित)



काठमाडौं, ९ जेठ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकारले संसद्मा पेश गरेको नीति तथा कार्यक्रमले धेरै सकारात्मक कुरा समेटेको बताएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रममा पाँच लाखलाई रोजगारी, एक टोल एक सामूदायिक कृषि उत्पादन नीति र सामूहिक खेती प्रणालीको लक्ष्य लिएको भन्दै राउतले प्रशंसा गरे ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् । उनले नीति तथा कार्यक्रम ७० पृष्ठको भएपनि त्यसमा जम्मा तीन पटकमात्रै संघीयताको विषय उल्लेख गरिएको बताए । उनले भने,‘संघीयतालाई सवल बनाउनेखालको ठोस नीति तथा कार्यक्रम देखिएन । म आँफै आश्चर्यचकित छु की माओवादी नेतृत्वको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, त्यो संघीयताविरोधी देखिएको छ ।’

उनले संघीयताप्रति सरकार गम्भीर नभएको गुनासो पोखे । उनले नेपालमा कर्णालीभन्दा पनि पिछडिएको क्षेत्र मधेश भएको उल्लेख गरे । उनले मधेश साक्षरतामा पनि कर्णालीभन्दा पछि परेको तथ्यांक पेश गरे ।



प्रतिक्रिया दिनुहोस्