Logo

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ आज



काठमाडौं, जेठ १० । नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ खुवाइँदै छ।

राष्ट्रपतिको कार्यालयका अनुसार नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी यादवलाई अहिले बिहान १० बजे पद तथा गोपनीयताको शपथ खुवाइने भएको हो।

दुवै जनता समाजवादी पार्टी (जसपा) बाट मङ्गलबार नियुक्त भएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot