Logo

सरकारले  ‘लोककल्याणकारी विज्ञापन नरोक्ने 



काठमाडौं,१० जेठ । सरकारले लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पारेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीले लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति नरहेको र नरोकिने प्रतिबद्धता यसअघि नै मन्त्री शर्माले स्पष्ट पारिसकेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले यही जेठ ९ गते बुझाएको ज्ञापनपत्र बुझ्दै शर्माले विज्ञापन नरोक्ने र नरोकिने प्रतिबद्धता व्यक्त गरेकी थिइन्  ।
चालु आर्थिक वर्षको विनियोजन भएको बजेट अपुग भए थप रकमको प्रबन्ध गरिने मन्त्री शर्माले प्रतिबद्धता व्यक्त गरेकी हुन् । आगामी दिनमा लोककल्याण्कारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने मन्त्री शर्माले स्पष्ट गरिसकेको सञ्चारविज्ञ केसीले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्