Logo

पूर्व राससकर्मी बज्राचार्यको निधन



 काठमाडौँ, ११ जेठ । पूर्व राससकर्मी गौतमबुद्ध बज्राचार्यको निधन भएको छ । उहाँको ६२ वर्षको उमेरमा बुधबार साँझ आफ्नै निवास सामाखुसीमा निधन भएको हो ।
बज्राचार्य केही वर्षदेखि फोक्सोको अर्बुद रोगबाट पीडित थिए । राससमा रहँदा उनले समाचार सङ्कलनका अतिरिक्त अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखामा रही समेत काम गरेका थिए । उनको श्रीमती र दुई छोरी छन् ।
बज्राचार्यको आजै शोभाभगवतीस्थित कर्णद्वीपमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्