Logo

मधेश सरकारमा सहभागी हुँदै लोसपा



काठमाडौं,११ जेठ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आज मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

लोसपाले प्रदेश सरकारमा वन तथा वातावरण मन्त्रालय पाएको छ । उसले उक्त मन्त्रालयमा प्रदेशसभा सदस्य रमेश पट्टेललाई पठाउने भएको छ ।
केन्द्र सरकारमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रुपमा शरदसिंह भण्डारी सहभागी भएका छन् ।

मधेश प्रदेश सरकारमा अहिले जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री रहेका छन् भने नेपाली कांग्रेसका दुई तथा नेकपा एसका एक मन्त्री छन् । भने जनमत पार्टीबाट कृषिमन्त्री रहेका वसन्त कुशवाहा विना बिभागियमन्त्रीको रुपमा रहेका छन् ।

जनमतले पाएको कृषि मन्त्रालय खोसेर नेकपा एसलाई दिएकोे भन्दै प्रदेश सरकारप्रति जनमत असन्तुष्ट रहेको छ भने माओवादी केन्द्रपनि पर्ख र हेरकै नीतिमा रहेको छ ।

गठबन्धनमा आवद्ध दलहरुबीच मन्त्रालय भागवन्डामा चित्त नबुझेपछि सरकारबाट माओवादी केन्दले बाहिरिने निर्णय गरेको अवस्थामा अर्को दल लोसपा भने एक मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको हो ।



प्रतिक्रिया दिनुहोस्