Logo

पूर्वराजा ज्ञानेन्द्रलाई भ्याईनभ्याई, भोलि सुर्खेतमा अभिनन्दन



काठमाडौं,१२ जेठ । पछिल्लो समय देश दौदाडालाई केन्द्रीत बनाएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई यतिबेला अभिनन्दन र भेटघाटको कार्यक्रमलाई लिएर भ्याईनभ्याई परेको छ । केही समय अघिसम्म गुपचुप रहेका शाह यतिबेला देश तथा विदेशका भ्रमण र भेटघाटमा व्यस्त रहेका छन् ।

कार्यक्रममा सहभागी भएर राजनीतिक व्यवस्थामाथि टिप्पणी गर्नसमेत थालेका शाह नागरिक अभिनन्दनमा सहभागी हुन भोलि कर्णाली प्रदेशको राजधानी सुर्खेत विरेन्द्रनगर जाँदै छन् ।

गत हप्ता कैलालीको धनगडी पुगेर सम्बोधन गरेका शाहले नेपालका नेताहरुमाथि गम्भिर प्रश्न उठाउँदै कडारुपमा टिप्पणी गरेका थिए ।

२४० वर्षसम्म सक्रिय रहेको राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनाको डेढ दशक भएपछि पूर्वराजाले आफ्नो सक्रियता थप बढाउँदै लगेका छन् ।

केही महिनाअघि भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथसँग भेटघाट गरेका शाह पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्तासँग निरन्तर भेटघाट र छलफलमा रहेका छन् ।

शाह सकेसम्म आफ्नै जीवनकालमा आफै वा आफु नसके नातीलाई भएपनि राजा बनाएर पुनः एकपटक नेपालमा राजतन्त्र फर्काएरै छोड्ने प्रणमा लागेको आशंका र टिका टिप्पणी राजनीतिक तहमा हुँदै आइरहेको छ ।   file photo 



प्रतिक्रिया दिनुहोस्