Logo

एमालेको अवरोधपछि संसद बैठक २० मिनेटको लागि स्थगित



काठमाडौं,१२ जेठ । प्रतिनिधिसभाको बैठक २० मिनेटको लागि स्थगित भएको छ ।

आजको बैठक सुरू हुनासाथ एमाले सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न दिएका थिए ।

सभामुखले समय दिएपछि बोलेका गिरीले सत्तापक्षका सांसदले एमालेमाथि तथ्यहिन आरोप लगाएको भन्दै उक्त आरोप छानविन गर्न माग गर्दै सत्यतथ्य आनविन नभएसम्म सदन चल्न नदिने घोषणा गरेका थिए ।

एमालेको अवरोधबीच सभामुखले माओवादी केन्द्रका मूख्य सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । तर एमालेले निरन्तर नारावाजी गरेपछि सभामुख घिमिरेले बैठक २० मिनेटका लागि स्थगित भएको घोषणा गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot