Logo

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू



काठमाडौं, १२ जेठ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । यो बैठक नियमित हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको मिति तय गरिने बताईएको छ ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिएपछिको यो पहिलो बैठक पनि हो । प्रधानमन्त्री दाहालले हालै जसपाबाट डा. वीरेन्द्र प्रसाद महतोलाई वन तथा वातावरण र जसपाकै प्रमिलाकुमारीलाई शिक्षा राज्यमन्त्रीमा नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।

तस्विर : प्रदीपराज वन्त/प्रमको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot