काठमाडौं, जेठ १३ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोसी र वाग्मती प्रदेशका केही भू–भागमा हल्का वर्षा समेत भइरहेको छ। देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ। अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागहरूका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
त्यस्तै आज राति देशको पहाडी भू–भागहरूमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।