Logo

लुम्बिनी प्रदेश सभाका पूर्व सदस्यहरुद्वारा “प्रदेशसभा पुर्व सदस्य मञ्च” गठन



देउखुरी, १३ जेठ । लुम्बिनी प्रदेश सभाका पूर्व र्व सदस्यहरुले “प्रदेशसभा पूर्व सदस्य मञ्च” गठन गरेका छन् । प्रदेशका पूर्व सदस्यहरुको भेलाले डा.कृष्ण प्रसाद न्यौपानेको नेतृत्वमा उक्त मन्च गठन गरेको हो ।

जसको उपाध्यक्षमा रमा अर्याल, महासचिवमा गीता थापा, सचिवमा पुर्मती ढेंगा, सह–सचिवमा निर्मला मुडभरी भट्टराई, कोषाध्यक्षमा तारा जिसी र सदस्यहरुमा आरती पौडेल, सरस्वती गौतम, युवराज खनाल, भगवती देवी भण्डारी, शंकर गिरी, निर्मला क्षेत्री, रिना नेपाल बि.क, इन्द्र प्रसाद खरेल, दिपा बिक रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले मंचले आफ्नो अनुभवका आधारमा बर्तमान सभालाई सहयोग गर्न आग्रह गरे ।

त्यस्तै भेलामा बोल्दै लुम्बिनी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री लिला गिरिले पुर्ब माननीयहरूको भुमिका प्रदेश सभाको लागि महत्त्वपूर्ण हुने बिश्वास व्यक्त गरे ।

उक्त भेला लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्ती,उपसभामुख मेनुका खाँण केसी,निबर्तमान मुख्यमन्त्री लिला गिरी लगायतको रोहवरमा समिति गठन गरिएको पुर्व प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले जानकारी दिईन्



प्रतिक्रिया दिनुहोस्