Logo

फेरिपनि जुटौं,खटौं र डटौं भन्दै सुर्खेतबाट पूर्वराजाले गरे यस्तो आह्वान (पूर्णपाठसहित)



काठमाडौं,१३ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नागरिक अभिनन्दन गरिएको छ ।

आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा शाहलाई अभिनन्दन गरिएको हो ।
अभिनन्दन कार्यक्रममा बोल्दै शाहले आफ्नो पहिचान हाम्रो शान भएको भन्दै आफ्नो मौलिकता र सभ्यतालाई लत्याएर अरुको अगाडि लम्पसार परेर बाच्नु हाम्रो आफ्नै अपमान भएको टिप्पणी गरेका छन् ।

‘आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो,’ पूर्वराजा शाहले भने,‘कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो।’
पूर्वराजा शाहले नेपालको हित उन्नती र समृद्धिको लागि फेरी एकपटक सबैजना एकजुट हुनुपर्नेबेला आएको बताए ।

यस्तो छ पूर्वराजा शाहको सम्बोधनको पूर्णपाठः
आफ्नो पहिचान हाम्रो शान हो। आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो। कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो।

हामी जहाँ जहाँ पुग्छौं, त्यहाँ त्यहाँ नेपालीहरुको यस्तै यस्तै आजाव सुन्छु। त्यसैले अब कसरी जानेरु, के कस्तो विधि व्यवस्था अंगाल्नेरु र हाम्रो गौरव गरिमालाई कसरी बचाउनेरु अब सोचौं, के गर्दा देशको राम्रो हुन्छरु के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौं। राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुन्छ। नेपालको पिरमर्का बुझ्न नेपाली मनले मात्र सक्छ। अब हामी भन्छौं, मिलौं। हामी सबै मिलौं। त्यसैले हामी भन्दछौं, जुटौं। हामी सबै एक भएर जुटौं। त्यसैले हामी भन्दछौं, हामी नफुटौं। परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं। त्यसैले फेरिपनि भन्छौं, जुटौं, खटौं र डटौं।

स्वधर्मबाट हटेर होइन एकजुट भएर राष्ष्ट्रको निम्ति एकसाथ अघि बढौं। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। सबैलाई फेरि एकपटक धन्यवाद, जयनेपाल। file photo 



प्रतिक्रिया दिनुहोस्