Logo

प्रधानमन्त्री दाहालले स्पष्टीकरण दिएपछि एमालेको संसद् अवरोध हट्यो (भिडिओसहित)



काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई मुछ्नु गलत भएको स्विकार गरेपछि संसद्को अवरोध हटेको छ । प्रधानमन्त्री दाहालले उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परि छानबिन भइरहेकोले त्यहीँबाट छानबिन गर्ने र सरकारले सहयोग गर्ने स्पष्ट पारे ।

आजको प्रतिनिधिसभाको बैठकको सुरुवातमा एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई बोल्न समय दिएका थिए । प्रधानमन्त्री दाहालले लिखित सम्बोधन गर्दै भनेका छन्–‘यो विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार व्यक्ति हुनु उचित होइन। यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन छ।’ यद्धपी दाहालले सो विषयमा आफूले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा विस्तृतमा राख्ने बताएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot