Logo

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै



 काठमाडौँ, १४ जेठ । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न अपराह्न २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको हो । बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसद्मा पेस गरेको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।
प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई छलफलका लागि टेबुल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । टेबुल भएको नीति तथा कार्यक्रममाथि आगामी प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्