Logo

व्यक्तिले गरेको गल्तीको दोष सिङ्गो प्रणालीलाई दिन मिल्दैन : सञ्चारमन्त्री शर्मा



काठमाडौं,१४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिन नहुने बताएकी छन् ।

सामुदायिक सूचना नेटवर्क सीआईएनको १५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल सरकारको प्रवक्तासमेत रहेकी मन्त्री शर्माले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानूनी कामलाई लिएर सिङ्गो गणतन्त्रलाई नै बदनाम गराउने गरिएकोप्रति असहमति जनाउँदै त्यस्तो गर्न नहुने बताएकी हुन् ।

सरकार सञ्चालनका क्रममा गल्ती कमजोरी गर्नेलाई कानूनअनुसार कारबाही गर्ने प्रावधान पनि गणतन्त्रमा रहेको उल्लेख गर्दै उनले उनीहरूलाई कारबाही गर्न सबै एकै ठाउँमा उभिनुपर्ने बताइन् । गणतन्त्रको विकल्प गणतन्त्र मात्र रहेको भन्दै शर्माले गणतन्त्र दिवस मनाउनु हिजोका राजा महाराजाको जन्म दिन मनाएको जस्तो नभएको बताइन् । file photo



प्रतिक्रिया दिनुहोस्