काठमाडौं,१४ जेठ । नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् । शनिबार भएको सिडेनको सातौं अधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।
केसीले चेतनाथ पाण्डेलाई पराजित गरेका हुन् । केसीले १६१९ मत पाउँदा पाण्डेले १०६२ मत पाए । यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार प्रमोद दवाडीले १८५ मत मात्र प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा पनि केसी प्यानलमा उमेश धिताल निर्वाचित भएका छन् । धितालले १५५९ मत ल्याउँदा पाण्डे प्यानलका कैलाश केसीले १०५१ मत मात्र पाए ।
महासचिवमा पनि केसी प्यानलकै थमन बहादुर खड्का निर्वाचित भएका छन् । उपमहासचिवमा सुशील लामिछाने र कोषाध्यषमा नवराज बस्नेत निर्वाचित भएका छन् ।