Logo

उपेन्द्र यादवलाई ऋषि धमलाको प्रश्न : भ्रष्टाचारीहरुलाई कारबाही गर्न सक्नुुहुन्छ ? (भिडिओसहित)



काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारले डेलिभरी राम्रोसँग गर्न नसक्दा जनता निराश भएको टिप्पणी गरेका छन् । उनले मुलुक भ्रष्टाचारमा लिप्त भएको र ठूला ठूला काण्डका दोषीहरुमाथि कारबाही हुन नसकेको गुनासो पोखे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भ्रष्टाचार निर्मूल पार्नको लागि सरकार निर्मम ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए । यादवले भ्रष्टाचार आँफैमा अपराध भएको टिप्पणी गरे ।

उनले भने,‘भ्रष्टाचार क्राइम हो । यो जोसुकैले गरेको होस, यो अपराध नै हो । अपराधीलाई न्यायालयको कठघरामा पुर्याउनु राज्यको दायित्व हो । भ्रष्टाचार न्यूनिकरणको लागि सरकारले कदम चाल्नुपर्छ ।’

अध्यक्ष यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान गरेर अदालतसमक्ष पुगिसकेकोले यो प्रकरणमा दोषीहरुले उन्मुक्ति नपाउने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्