Logo

रेशम चौधरीले लडाईं जित्नु नै भएन : रवि लामिछाने (भिडिओसहित)



काठमाडौं, १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लडाईं नजितेको दाबी गरेका छन् । राष्ट्रपतिबाट आममाफी पाएर चौधरी आज रिहा भएका छन् । यही सन्दर्भमा सभापति लामिछानेले भने कैद मिनाहा गरेर निस्किनु भनेको निर्दोष हुनु नभएको टिप्पणी गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सांसद् बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा सरिक भएर निस्किने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘उहाँ निर्दोष नभईकन छुट्नु भएकोले हामीले हिजो नै प्रेस विज्ञप्ती निकालेर भनिसकेका छौं, यो जुन प्रक्रियाबाट गरियो, यो गलत प्रक्रियाबाट गरियो । हामी त न्यायको पक्षमा हो ।’

उनले आफूहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक माग गरेको स्मरण गराए ।  उनले आफूहरु सत्य र न्यायको पक्षमा रहेको सुनाए । उनले स्वयम थारुहरुमाथि पनि न्याय नभएको टिप्पणी गरे ।

https://www.facebook.com/sarokartvhd1/videos/1289987711929688



प्रतिक्रिया दिनुहोस्