Logo

पर्यटन मन्त्रालयलाई ११ अर्ब ९६ करोड बजेट विनियोजन



काठमाडौं,१५ जेठ । सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड छुट्याएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पशुपतिनाथको गुरुयोजना अघि बढाइने र बुद्ध सर्किट बनाउने बताए ।

यस्तै ऐतिहासिक र परात्वात्विक सम्पदाको संरक्षण गर्न बजेटको व्यवस्था गरिने अर्थमन्त्रीले बताए । यस्तै नुवाकोट दरबारलगायतका २५ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण आगामी आर्थिक वर्षमा सम्पन्न गरिने अर्थमन्त्रीले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot