Logo

पर्यटनलाई उच्च प्राथमिकता दिँदै बजेट बढाइयो



काठमाडौं, १५ जेठ । सरकारले पर्यटन क्षेत्रका लागि रु ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताए।

पर्यटन क्षेत्रका लागि चालु आवमा रु नौ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको थियो।

आगामी आर्थिक वर्षका लागि करिब अढाई अर्ब रुपैयाँ बजेट थप गरेर ल्याइएको छ।



प्रतिक्रिया दिनुहोस्