Logo

नेपालका तीन प्रतिष्ठित व्यवसायिक घरानाका प्रतिनिधिहरुबीच छलफल



काठमाडौं, १४ बैशाख । नेपालका प्रसिद्ध तीन व्यवसायिक घरानाका प्रतिनिधिहरुबीच छलफल भएको छ । चर्चित नेपाली ब्राण्ड गोल्डस्टार सुजका सञ्चालकहरु विदुषी राणा र अमिरप्रताप राणा, लोमस फर्मास्युटिकल्सका प्रतिनिधि तथा युवा उद्यमी प्रणवजंग पाण्डेबीच छलफल भएको हो । सो छलफलमा व्यापार तथा व्यवसायको विषयमा केन्द्रित रहेर छलफल भएको युवा उद्यमी पाण्डेले जानकारी दिए ।

उनीहरुले सामूहिक रुपमा इन्टरनेश्नल फर्मा कम्पनी र फाइजर भ्याक्सिनका प्रतिनिधि जितेन श्रेष्ठसँग पनि छलफल गरेका थिए । सो भेटवार्तामा भने मल्टिमोडल फर्मामा आउनसक्ने चूनौति र अवसरका बारेमा विचारविमर्श भएको पाण्डेले स्पष्ट पारेका छन् । गोल्डस्टारले पनि यसअघि नेपालमा इल्डर नामक अमेरिकी औषधी कम्पनी सञ्चालन गरेको थियो । त्यो कम्पनी अहिले एशियन फर्मामा गाभिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot