काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् ।
भोलि (बुधबार) चार दिने भ्रमणको लागि प्रधानमन्त्री दाहाल भारत जाँदैछन् ।
भारत उड्नुअघि दाहालले अहिले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) का सांसदहरुसँग छलफल गरेका हुन् ।
उक्त छलफलमा भारत भ्रमणका क्रममा उठाउनुपर्ने विषय र राय मागेको बुझिएको छ ।