Logo

सिंहदरबारमा मन्त्रीहरुसँग छलफलमा प्रधानमन्त्री दाहाल



काठमाडौं, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीहरुसँग छलफलमा छन् । भोलि (बुधबार) भारत उड्नुअघि प्रधानमन्त्री दाहालले सबै मन्त्रीहरुसँग छलफल गरेका हुन् । अहिले सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रीहरु भेला भएका छन् ।

यसअघि प्रधानमन्त्री दाहालले आफ्नै दलका सांसदहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्री दाहाल भोलि अपरान्ह चार दिन भ्रमणको लागि नयाँ दिल्ली उड्दैछन् । भ्रमण दलमा सरकार र निजी गरी झण्डै १०० सयको हाराहारीमा भ्रमण सदस्यहरु रहने जनाएको छ । सो क्रममा विभिन्न द्धिपक्षीय सम्झौता पनि हुने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्