Logo

एनएमबि बैंक लिमिटेडको महोत्तरी शाखामा भएको डाँका चोरीमा संलग्नहरुलाई कारबाही गर्न बैंकको आग्रह



काठमाडौं, १६ जेठ । महोत्तरी जिल्लाको नेपाल–भारत सिमानानजिक रहेको महोत्तरी गाउँपालिकास्थित् एनएमबि बैंक लिमिटेडको शाखा कार्यालयमा आज (मंगलबार) १६ गते करिव १२ः२५ को समयमा ३–४ जनाको समुहमा रहेका अपरिचित बन्धुकधारी ब्यक्तीहरु प्रवेश गरी शाखा कार्यालयमा रहेको नगद लुटिएकोबारे बैकले उक्त घटनामा संलग्न ब्यक्तीहरुलाई आवश्यक कानूनी कारबाही गर्नको लागि सम्बन्धित निकायमा अनुरोध गरेको जनाएको छ।

सो घटनाको अनुसन्धान सम्बन्धित निकायबाट भैरहेको र उक्त घटनामा कसैलाई पनि कुनै गम्भिर चोटपटक नलागेको बैंकले जनाएको छ । बैंकले अनुसन्धानपश्चात प्राप्त हुने थप विवरणको जानकारी अपडेट गराउने जनाएको छ । File Photo/ReportersNepal

 

 



प्रतिक्रिया दिनुहोस्