काठमाडौं, १६ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मङ्गलबार तीन जनाको बयान सकिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा मङ्गलबार इन्द्रजीत राई, सन्देश शर्मा र महेन्द्र केसीगरी तीन जनाको बयान लिइएको हो।
यसअगाडि शुक्रबार केशवप्रसाद दुलाल र सागर राई, आइतबार सन्दीप रायमाझी, टंक गुरुङ र लक्ष्मी महर्जनको बयान लिइएको थियो।
सो प्रकरणमा हालसम्म १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।