Logo

नेपाल-भारत सम्बन्धमा आइसब्रेक हुने राजदूत शंकर शर्माको दाबी



काठमाडौं, १७ जेठ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भोलि (बुधबार) बाट सुरु हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास दिलाएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि कुरा गर्दै राजदूत शर्माले यस्तो बताएका हुन् ।

उनले भने,”सम्माननीय प्रधानमन्त्रीज्यूको भोलिबाट सुरु हुने भारत भ्रमण यसपटक धेरै कारणले उपलब्धिमूकल हुँदैछ । दुई देशबीच विकास र साझेदारबारे धेरै सम्झौता हुन्छ । भारत नेपाललाई सहयोग गर्न तयार छ ।”

राजदूत शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालप्रति सद्भाव राखेर जाने नेता भएकोले अब दुई देशबीचको सम्बन्धमा आइसब्रेक हुने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot