Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर



काठमाडौं, जेठ १७ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०४ पैसा र बिक्री दर १३२ रूपैयाँ ६४ पैसा रहेको छ ।

त्यस्तै युरो एकको खरिद दर १४१ रूपैयाँ ६९ पैसा र बिक्री दर १४२ रूपैयाँ ३४ पैसा रहेको छ । यता भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ०६ पैसा र बिक्री दर १६४ रूपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडियन डलर १ को खरिददर ९७.२१ र बिकी दर ९८.६६ रहेको छ।

त्यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.७८ रुपैयाँ र साउथ कोरियन वन १०० को खरिददर १०.१ रुपैयाँ छ भने बिक्री दर ९० रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा, साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.६९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.८३ रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्