Logo

राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान



काठमाडौं,१७ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि अन्तिम तयारी गर्न राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको हो ।

नेपाली टोली मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
आईसीसी विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरेको थियो ।

दक्षिण अफ्रिका प्रस्थान गरेको राष्ट्रिय टोलीमा प्रभावशाली स्पिनर सन्दीप लामिछाने भने समावेश भएका छैनन् ।

दक्षिण अफ्रिका भ्रमणका क्रममा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रीकाबाटै आईसीसी विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्ने क्यानले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot