Logo

प्रधानमन्त्री दाहालले १२० जनालाई भोज खुवाउन दिल्ली लग्नुभयो, ठूलो उपलब्धि केही हुनेवाला छैन् : डा. सिंह (भिडिओसहित)



काठमाडौं, १७ जेठ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री दाहालको भ्रमणलाई भ्रमणभन्दा पनि जन्तीको लावालस्करको संज्ञा दिए । सिंहदरबारमा रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा सांसद सिंहले यस्तो बताएका हुन् ।

उनले भने,‘भ्रमण भनेको त पाँच जना, दश जनाको हुन्छ । यो डेलिगेशन गएको छ–यो त जन्ती हो । जबकी हामीले राज्य व्यवस्था समितिबाट एउटा कानून बनाएका छौं की सामाजिक कानून, कि ५० जनाभन्दा बढिको भोज पनि खुवाउन पाईँदैन् । यो भ्रमणले त त्यही कानूनको प्रधानमन्त्रीले मजाक उडाइदिनुभयो । उहाँले १२० जनाको भोज खुवाउन लग्नुभयो ।’

उनले प्रधानमन्त्री दाहालको भारत भ्रमण जन्तीबाहेक केही नभएकोले ठूलो उपलब्धि नहुने दाबी गरे । उनले भने,‘एउटा कुरा चाहीँ हुन्छ, जस्तो यहाँको प्रधानमन्त्री दिल्ली जानुभयो । त्यहाँको प्रधानमन्त्रीसँग भेट्नुहुन्छ । अनि दिल्ली घुम्नुहुन्छ । फोटो खिच्नुहुन्छ । योबाहेक यसमा केही ठूलो उपलब्धि हुनेवाला छैन् ।’

https://www.facebook.com/RishiDhamalaOfficial/videos/1299422867319247



प्रतिक्रिया दिनुहोस्