Logo

प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार र विदेश सचिवको भेटवार्ता



काठमाडौं, १७ जेठ । ४ दिने भारत भ्रमणका लागि बुधबार भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार र विदेश सचिवको भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्ड बसेको होटल मौर्यमा मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको हो।

भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीसँग भोलि(बिहीबार) हुने भेटको विषयमा एजेन्डातय हुने र द्धिपक्षीय हितमा हुनसक्ने सम्झौताको विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

file photo



प्रतिक्रिया दिनुहोस्