Logo

हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्डलाई मोदीको न्यानो स्वागत



काठमाडौं, १८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसमा न्यानो स्वागत गरेका छन् ।

मित्रता एवम् सहकार्यको सम्बन्ध प्रगाढ बनाउँदै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाललाई हैदरावाद हाउसमा स्वागत गरेको भारतीय पक्षले जनाएको छ ।

अहिले दुई प्रधानमन्त्रीबीच सामूहिकपछि एक्लाएक्लै भेटवार्ता हुँदैछ । प्रधानमन्त्री दाहाल हिजो भारत भ्रमणको लागि नयाँ दिल्ली पुगेका हुन् । उनी जेठ २० गते काठमाडौं फर्किनेछन् ।



प्रतिक्रिया दिनुहोस्