Logo

न्यायाधीश न्यौपानेको इजलासमा पूर्वगृहमन्त्रीको बयान



काठमाडौं, १९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित तीन जनाको बयान आज हुने भएको छ । उक्त प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र खाँणको बयान आज हुन लागेको हो ।

उनीहरुले काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान दिने छन् । उनीहरुविरुद्ध ठगी, लिखत किर्ते र राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot