Logo

लामो दूरीको सवारीसाधन नयाँ बसपार्कबाट मात्रै



काठमाडौं, जेठ २० । काठमाडौं महानगरपालिकाले उपत्यकाबाहिर चल्ने यात्रुवाहक सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने जनाएको छ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरको निर्णयविपरीत सवारीसाधन सञ्चालन गरिए असार १ गतेदेखि कारबाही गरिने जानकारी दिए। उनले यात्रुवाहक सवारीसाधन नयाँ बसपार्क गोङ्गबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने विषयमा सरोकारवालासँगको बैठकबाट सहमति र निर्णय भएको उल्लेख गरे।

यसैबीच काठमाडौँ महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै असार १ गतेदेखि नयाँ बसपार्कबाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारीसाधन सञ्चालन नगरे ट्राफिक प्रहरीसँग समन्वय गर्दै महानगर प्रहरीले नियम अनुसार कारबाही गर्ने जनाएको छ। त्यसै गरी धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको सूचनामा उल्लेख छ।

काठमाडौँमा दैनिक करिब सात सयको सङ्ख्यामा सवारीसाधन प्रवेश गर्छन् र यही सङ्ख्यामा बाहिरिन्छन्। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot